FAQs Complain Problems

उमाकुण्ड गाउँपालिकामा जिल्ला अदालत र सरकारी वकिलको कार्यालय को संयुक्त अन्तरक्रिया कार्यक्रम

    मिति २०७६ असार ७ गते शनिबार उमाकुण्ड गाउँपालिकाको वडा न ४ प्रिती स्थित चण्डेश्वरि मा.वि.को हलमा जिल्ला अदालत रामेछाप र जिल्ला सरकारी वकिलको कार्यालय रामेछापको संयुक्त आयोजनामा न्यायिक सम्बाद र समुदायमा सरकारी वकिल कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अथिति गा. पा.अध्यक्ष शेर बहादुर सुनुवारले अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उमाकुण्ड गाउँपालिकालाइ हेर्ने दृष्टिकोण सकारात्मक बनाउन आग्रह गर्दै  उमाकुण्ड गाउँपालिका दुर्गम मात्र नभइ  सुन्दर आकर्षक  र रमणीय तथा एकपटक पुगनै पर्ने ठाउँ हो भन्ने बुझाइ को विकाश गर्नुपर्ने बताउदै  सबै मिले मात्र न्यायिक लगायत सबै क्षेत्रको विकाश हुन सक्ने बताउनु भयो ।साथै उहाले यस ठाउमा जिल्ला अदालत तथा सरकारी वकिलको कार्यालयबाट यस किसिमको कार्यक्रम गरेको प्रति धन्यबाद व्यक्त गर्नुभयो।

  कार्यक्रममा उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले विभिन्न समस्याका कारण न्यायिक समितिले काम गर्न समस्या भएको भन्न्दै आगामी दिनमा न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुको क्षमता  विकास गरि न्याय दिने प्रक्रियालाई  सरल र सहज बनाउने वातावरण  हुनुपर्ने कुरामा जोड दिनु भयो । त्यस्तैगरि जिल्ला न्यायधिबक्ता कृष्ण प्रसाद बरालले कानुन सबैले बुझ्नुपर्छ भन्दै कानुनमा प्रयोग हुने कानुनी सब्दहरुलाइ  जनताले बुझ्ने भाषामा  प्रस्ट पार्नुभयो ।

  कार्यक्रम समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला अदालतका न्यायधिश माधबवेन्द्रराज रेग्मीले न्यायिक प्रक्रियाको विषयमा जानकारी दिदै कार्यक्रम समापन गर्नुभयो।सोहि हलमा सो कार्यक्रम हुनुभन्दा पहिला जिल्ला प्रहरी कार्यालय तथा महिला तथा वालवालिका सेवा केन्द्रको तर्फबाट समुदाय प्रहरी साझेदारी कार्यक्रमको विषयमा जानकारी मुलक कार्यक्रम भयो।

 

 

आर्थिक वर्ष: