FAQs Complain Problems

जानकारी अनुरोध!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

                                                     जानकारी अनुरोध 

     विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कारोना भाईरसको संक्रमणलाई रोक्नको लागी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुको तर्फबाट प्रयत्नहरु भैरहेको छ । यो महामारीलाई रोक्नको लागी राज्यको तर्फबाट गरिने पहल कदमी मात्र पर्याप्त हुँदैन , तसर्थ हामी सवै सचेतता पुर्वक नेपाल सरकारले घोषणा गरेको लक डाउनको पुर्ण पालना गर्ने तर्फ ध्यान दिनु जरुरी छ ।
     कोरोना भाईरसको संक्रमणलाई रोक्नको लागी उमाकुण्ड गाउँपालिकाले पनि आफ्नो सिमित श्रोत साधनको अधिकतम प्रयोग गरि योजनाहरु निर्माण गरिरहेको छ । प्रारम्भिक चरणमा उमाकुण्ड गाउँपालिकाको वडा नं  २ बाम्तिभण्डारमा रहेको सिद्धेश्वर माविमा २५ वेडको क्वारेन्टाईन निर्माण गर्नुको साथै गाउँपालिकाको केन्द्र रहेको वडा नं ४  प्रितिमा १८ वेडको क्वारेन्टाईन निर्माण गरिसकेको छ, भने अधिकाँश वडाहरुमा ५ वेडको क्वारेन्टाईन स्थापना  भैसकेको छ । क्वारेन्टाईनमा विदेश बाट आउने हरुलाई १४ दिन सम्म राख्ने र त्यसरी क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुको सवै किसिमको व्यवस्थापन गाउँपालिकाले गर्ने छ ।
     उमाकुण्ड गाउँपालिकामा रहेको १ प्राथमिक स्वास्थ्य केन्द्र, ५ ओटा स्वास्थ्य चौकी र २ ओटा सामुदायिक स्वास्थ्य ईकाइमा हेल्थ डेस्कको स्थापना गरि सेवा प्रवाह गरिरहेको छ । हेल्थ डेस्क तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्य कर्मीहरुको सुरक्षाको लागी केही सुरक्षा सामग्रीहरु हस्तान्तरण भैसकेको छ, भने त्यो अपुग छ, त्यसैले आजभोली नै पर्याप्त सुरक्षा सामग्रीहरु सम्वन्धित स्वास्थ्य संस्थाहरुमा व्यवस्थापन गर्न गाउँपालिका लागीरहेको छ ।
     उमाकुण्ड गाउँपालिकाले सिमित श्रोत र साधनलाई प्रयोग गरि भाईरस संक्रमण रोक्नको लागी नागरीक सम्म पहुँच पुर्याउने गरि मास्क, पन्जा, सेनिटाईजर लगाएतको सामग्रीहरु वितरण गर्ने कार्यलाई अगाडी बढाईएको छ । त्यसको लागी नागरीकहरुले वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा सम्पर्क गर्नु सक्नेहुनेछ । 
     उमाकुण्ड गाउँपालिकाको सवै वडाहरुमा बसोबास गर्ने दैनिक रोजगारी गरेर जिविको पार्जन गर्ने नागरीकहरुको समस्यालाई मध्यनजर गरि उनीहरुको सहज जीवन यापनको लागी उचित प्रवन्ध गर्ने तर्फ गाउँपालिका लागी रहेको छ । यसको लागी प्रारम्भिक चरणमा त्यस्तो व्यक्तिहरु गाउँपालिकामा के कति छन तथ्यांक संकलन गर्ने काम भैरहेको  छ । तसर्थ दैनिक रोजगारी गरेर जीविको पार्जन गर्ने र लक डाउनको कारण समस्यामा परेको भए सम्वन्धित वडा कार्यालयहरु तथा गाउँ कार्यपालिका कार्यालयम सम्पर्क गर्न सक्नुहुनेछ । 
     यो महामारीको संक्रमण रोक्नको लागी गाउँपालिकाको प्रयासले मात्र संभव हुँदैन, तसर्थ सम्पुर्ण उमाकुण्ड गाउँपालिका वासी दाजुभाई दिदीबहिनीहरुले गाउँपालिकाको अभियानमा साथ दिन जरुरी छ  हामी सवैले लक डाउनको पुर्ण पालना गरौ, भिडभाड नगरौ, भिडभाडमा नजाऔ, विदेशबाट आउनुहुने सवैले आफुलाई पायक पर्ने क्वारेन्टाईनमा १४ दिन सम्म बसौ, रुघाखोकी र ज्वोरो आएमा नजिकको स्वास्थ्य चौकी या हेल्थ डेस्कमा जाँच गर्न जाऔ । 
धन्यवाद!!!!!!!!!!!!                                 

 

                                                  श्री शेर बहादुर सुनुवार
                                                   गाउँपालिका अध्यक्ष 
 

आर्थिक वर्ष: