ताजा समाचार
उमाकुण्ड ५ प्रिती
रामेछाप जिल्ला को उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउपालिका अन्तर्गतको ५ न वडा पुर्नर्संरचना
आयोगले साविकको प्रिती गाविस को वडा न २,३,५,६ वडा मिलाएर पुनसंरचना गरेको वडा हो।
यस वाडको पूर्वमा साप्सु तथा लिखु खोला,पश्चिममा वडा न ४ को गचेप्टे तथा गलाम ,उत्तरमा वडा न ४
कै लाप्चाने हिले तथा दक्षिणमा लिखु खोला पर्दछ ।
यस वडा मा विभिन्न जातजातिहरुको वसोवास रहेको छ ।विशेष गरि यस वाडमा सुनुवार ब्राहमण
क्षेत्री तामाङ भुजेल मगर र विक जतिको बसोबास रहेको छ ।समुन्द्री सतह देखि १२०० देखि २६००
मिटर उचाई सम्म फैलिएको यस वडामा मध्य र उच्च भूभागहरु पर्दछ भने यस वडा बासीको मुख्य
पेशा कृषि नै हो। यहाँ अन्नबाली नगदे बलि र फलफुल खेति हुने गर्दछ।
यस वडा मा एक मावि र ४ ओटा आधारभूत विद्यालय सहित जम्मा ५ ओटा विद्यालय रहेका छन्।
पुनसंरचन पश्चात सबै किसिमको अभाव झेल्दै आएको उमाकुण्ड गाउपालिकाको वडा न ५ को विकासको
लागि सबै पक्ष लाग्न आवश्यक छ।
उमाकुण्ड गाउँपालिका वडा न ५ बाट निर्बाचित जनप्रतिनिधिहरुको विवरण
कुल बहादुर बस्नेत | सपना सुनुवार | सुन्तोली बि.क. | सोम बहादुर तामाङ | नकुल तामाङ |
पद : वडा अध्यक्ष | पद : - सदस्य | पद : - सदस्य | पद : - सदस्य | पद : - सदस्य |
सम्पर्क न :- ९८१३२०१०२४ | सम्पर्क न :- ९८४०२१७७१८ | सम्पर्क न :- ९८४०२१७७१० | सम्पर्क न :- ९८१५८३२७८२ | सम्पर्क न :-९८०७६२२८९९ |
उमाकुण्ड गाउँपालिका ५ नं वडा कार्यालयमा कार्यरत कर्मचारी विवरण
नामः रिना आचार्य |
पदः वडा सचिव(प्रशासन, सहायक चौथो) |
सम्पर्क नं. ९८४१५८४१७७ |