FAQs Complain Problems

सहयोगका लागी अपिल !!!!!!!!!!!!!!!!!!!

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्ने र संक्रमण नियन्त्रणको लागी नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण समस्यामा परी अलपत्र परेका नागरीकहरुलाई राहत तथा उद्धारको निम्ति उमाकुण्ड गाउँपालिका निरन्तर क्रियाशिल भैरहेको छ ।यसरी संक्रमण नियन्त्रण गर्ने र राहत, उद्धार तथा उपचारको लागी गाउँपालिकाले एक कोरोना भाईरस नियन्त्रण राहत तथा उपचार कोष स्थापना गरेको छ । यस कोषमा गाउँपालिकाबाट रु दश लाख र बागमती प्रदेश सरकारबाट रु १० लाख रकम जम्मा हुनेछ । सिमित श्रोत र साधनबाट मात्र संक्रमण नियन्त्रण राहत उद्धार र उपचार सम्भव नहुने निश्चित छ । तसर्थ स्वदेश तथा विदेशमा  रहनुहुने उद्योगी, व्यापारी, व्यवसायी, शिक्षक, कर्मचारी तथा कोषमा सहयोग गर्न चाहानुहुने आदरणीय महानुभावहरुले उमाकुण्ड गाउँपालिकाको सनराईज बैंकमा रहेको संचित कोष खाता नं ०९६०५६८५७७७०३००४ मा सहयोग रकम जम्मा गरि कोरोना भाईरस नियन्त्रण, राहत, उद्धार तथा उपचारमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

साथै रकम जम्मा गरेको भौचर गाउँपालिकाको ईमेल   ito.umakundamun@gmail.com  मा पठाईदिनुहुन अनुरोध छ ।   

    
 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: