FAQs Complain Problems

२ दिने आँखा शिविर सम्पन्न ।

उमाकुण्ड गाउँपालिकाकाे आ.व.०७७।०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत वडा नं ४ मा कार्यान्वयन हुने लक्षित समूहकाे जनजाती, जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट उमाकुण्ड गाउँपालिका वडा नं ४ मा आँखा शिविर सम्पन्न भएकाे छ ।

उमाकुण्ड गाउँपालिका वडा नं ४ द्वारा आयाेजित उक्त आँखा शिविरमा उमाकुण्ड गाउँपालिका वडा नं ४ र ५ बाहेक अन्य वडाबासीले समेत आँखा परिक्षण गराएका थिए ।बैशाख १५ र १६ गते गरि २ दिन सम्म संचालन भएकाे शिविरमा २२४ जना महिला र १४७ जना पुरूष गरि कुल ३७१ जनाले आँखा परिक्षण गराएकाे जानकारी ४ नं वडाका वडाध्यक्ष मान बहादुर सुनुवारले गराएका छन् । आँखा परिक्षणबाट चश्मा आवश्यक पर्ने १२५ जनालाइ वडाकाे तर्फबाट चश्मा वितरण गरिएकाे र अन्य आँखाको बिरामीहरूलाइऔषधी वितरण गरिएकाे पनि अध्यक्ष सुनुवारले  जानकारी दिनुभएकाे छ ।

आर्थिक वर्ष: