FAQs Complain Problems

उमाकुण्ड गाउँपालिकाको कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा बिद्यालय, विद्यार्थी, शिक्षक, तथा अभिभावकहरुमा अनुरोध!!!!!!!!!!!!!

 १. विद्यालयले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्वन्धमा देहायका कार्यगरी सचेतना जगाउनेकार्यक्रम गर्नेः

  • . विद्यार्थीहरुलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरुवारे वताउने, 
  •  कक्षा शिक्षकले विद्यार्थीहरुलाई हरेक दिन कोरोना भाइरसवारेसूचना तथा जानकारी उपलब्ध गराउने, 
  • . संक्रमणबाट बच्ने उपायहरु सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसवारेपढ्न र छलफल गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने, 
  • . कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना लिएर सवै विद्यार्थी तथा अभिभावकहरुलाई सूचित हुने अबस्था सिर्जना गर्ने, 
  • स्थानीय स्वास्थ्य चौकीहरुसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने,

२. स्वास्थ्यका दृष्टिले सुरक्षित हुन देहायका बानी/ब्यवहारहरु अवलम्बन गर्न सुझाव दिने

  •  भीडभाड भएको ठाउँमा सकभर नजाने, 
  • राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवम्खानेकुराहरु नखाने, 
  • साबुन पानीले पटक पटक राम्ररी हात धुने, 
  •  खाना खाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने,
  • हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्ने,
  • मास्क र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्ने, 

३. कुनै विद्यार्थीलाई ज्वरो रुघा(खोकी देखिएमाः

  •  विद्यालयमा तत्काल अन्य विद्यार्थीहरुबाट अलग्गै राख्ने, 
  • शिघ्र अभिभावकलाई सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउने,
  •  नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाह अनुसार उपचार गर्ने गराउने, 
  • ज्वरो र रुघा(खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिहरुलाई घरमा सुरक्षित तवरले अलग्गैठाँउ ९क्ष्कयबितष्यल०मा राख्ने,

४. स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रम जस्ता समारोह आयोजना नगर्नेः

५. विद्यालयहरुबीच सूचनाको नेटवर्क गर्नेः 

  • आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने ब्यवस्था गर्न विद्यालयमा फोकल पोईन्ट तोक्ने, 
  • अनावश्यक हल्लाले विद्यार्थीहरुलाइ त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउने, 
  • संक्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवम् एकान्त/अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिने, 
  • सरकारी आधिकारिक निकायबाट आउने सूचना सवैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्ने, 

 

 

उमाकुण्ड गाउँपालिका
शिक्षा, युवा तथा खेलकुद शाखा
प्रिती, रामेछाप

आर्थिक वर्ष: