FAQs Complain Problems

समन्यव राहत र उद्दार गर्ने सम्बन्धि गाउँपालिकाको सूचना !!!!!!!!!

प्रस्तुत विषयमा कोरोना संक्रमणलाई रोकथाम  तथा नियन्त्रण गर्नको लागी नेपाल सरकारले देशमा लक डाउन गरिरहेको छ । यसरी सरकारले घोषना गरेको लक डाउनको कारण मानिसहरुको दैनिक जनजीवन प्रभावित भैरहेको छ । रोजगारी, अध्ययन, विभिन्न पेशा तथा व्यवसाय र अन्य बिभिन्न कामको सिलसिलामा काठमाण्डौ, ललितपुर, भक्तपुर लगाएत देशको विभिन्न भुभागमा रहनु भएका उमाकुण्ड गाउँपालिका बासी दाजुभाई तथा दिदी बहिनीहरु, सर्व प्रथम  विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जहाँ जस्तो अवस्थामा रहेपनि पुर्ण रुपमा सुरक्षित रहनुहुन उमाकुण्ड गाउँपालिका हार्दिक अनुरोध गर्दछ ।साथै यसरी लक डाउनको कारण यहाँहरुको दैनिक जनजीवन पनि प्रभावित भई समस्यमा परि अलपत्र पर्नु भएको छ भने तपशिलमा उल्लेखित फोन नं मा सम्पर्क गर्नुहोला, त्यसरी समस्यमा पर्ने नागरीकहरुलाई उमाकुण्ड गाउँपालिकाले सम्वन्धित स्थानीय सरकारहरु सँग समन्वय गरि आवश्यक राहत र उद्धारको काम गर्ने व्यहोरा अनुरोध गरिन्छ ।

तपशिल 
फोन नं ९८५४०४३२४० (श्री ईश्वरी प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत)
फोन नं ९८५११८१४८९ (श्री सुवोध निरौला, प्रशासकीय अधिकृत)

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: