FAQs Complain Problems

सूचना !!!! सूचना !!!!!!!!!! सूचना !!!!!!!!!!!!!!!!!!!!!!!

सूचना । सूचना ।। सूचना ।।।

विश्वभरि फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण, उद्धार तथा उपचारको लागी उमाकुण्ड गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रम तर्जुमा गरि कार्यान्वयनको चरणमा अगाडी बढिरहेको छ । त्यसको लागी गाउँपालिकाले तत्काललाई यस किसिमको महामारी रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले घोषणा गरेको लक डाउनको पुर्णपालना गर्ने गराउने, बाहिरी आगमणलाई थप कडाई गर्ने,विदेश तथा संक्रमित स्थानहरुबाट गाउँपालिका प्रवेश गर्ने सवैलाई अनिवार्य १४ दिन सम्म क्वारेन्टाईनमा राख्ने,सीमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी ढंगबाट अगाडी बढाईरहेको छ । त्यस बाहेक हाम्रो गाउँपालिकामा भावी दिनमा कोरोना संक्रमणबाट हुने जोखिमलाई मध्यनजर गरि स्वास्थ्यकर्मीहरुको लागी सुरक्षाको सामग्रीहरुको पर्याप्त व्यवस्थापन गर्ने हरेक व्यक्तिहरुलाई संक्रमण बाट जोगाउनको लागी चाहिने सुरक्षाको सामग्रीहरुको व्यवस्थापन गर्ने र औषधिहरुको व्यवस्थापनको लागी सम्पुर्ण हिसावले लागीरहेको छ ।  त्यस बाहेक संक्रमण नियन्त्रण गर्न,लकडाउनबाट प्रत्यक्ष प्रभाव परेकाहरुलाई राहत दिन र संक्रमित व्यक्तिहरुको उपचार गर्नको लागी एउटा कोष स्थापना गरेको छ । यस कोषमा गाउँपालिकाबाट रु १० लाख जम्मा गरेको छ,भने प्रदेश सरकारको तर्फबाट रु १० लाख जम्मा हुनेछ। त्यस बाहेक गाउँपालिकाले उक्त कोषमा सहयोगको लागी उद्योगी,व्यापारी,व्यवसायी,विभिन्न संघसंस्था,कर्मचारी र सहयोग गर्न ईच्छुक व्यक्तिहरुलाई सहयोगको लागी अपिल गरेको छ ।
    नेपाल सरकारको निर्णय अनुसार उमाकुण्ड गाउँपालिकाले पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउन  एकद्धार निति लाई कडाईका साथ अवलम्वन गरेको छ । उमाकुण्ड गाउँपालिका भित्र विभिन्न व्यक्ति तथा समुहको नाममा सस्तो लोकप्रियताको लागी विभिन्न सामग्रीहरु वितरण गरिरहेको भेटिएको छ । यो नेपाल सरकारले गरेको निर्णय विपरित छ । यस किसिमको गतिविधिबाट संक्रमण नियन्त्रणको लागी ठोस उपलव्धि हाँसिल गर्न सकिन्न । तसर्थ यसरी सहयोग गर्न ईच्छुक व्यक्ति तथा समुहहरुलाई गाउँपालिकाले स्थापना गरेको कोषबाट मात्र सहयोग गर्नको लागी हार्दिक अनुरोध गर्न चाहान्छु ।यसरी आधिकारीक माध्यमबाट सहयोग गर्नुहुने आदरणिय महानुभावहरुको उमाकुण्ड गाउँपालिकाले उच्च सम्मान गर्ने छ ।
तर अनाधिकृत हिसावले विभिन्न सामानहरु वितरण गर्ने कार्य तत्काल रोक्न पनि उमाकुण्ड गाउँपालिका सवैमा अनुरोध गर्दछ ।
अन्तमा संकटको समयमा स्वच्छ हृदयले साथ दिन चाहाने आदरणिय महानुभावहरु, संघिय, प्रदेश र स्थानीय तहको संयुक्त पहलमा उमाकुण्ड गाउँपालिकामा कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सफल हुनेछ, भन्ने अपेक्षा लिएको छु ।
                               धण्यवाद ।।।

                                                       
                                                                                             शेर बहादुर सुनुवार
                                                                                            गाउँपालिका अध्यक्ष                                     

  

                                                             
    
                                                         
 

आर्थिक वर्ष: