FAQs Complain Problems

उमाकुण्ड गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न !!!!!

उमाकुण्ड गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा भएको गाउँसभाको शुन्य र विशेष समयमा सभा सदस्यहरु रमेश कुमार सुनुवार,टेक बहादुर बराइली र मोहन बहादुर कटुवालले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो।गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत इस्वरी प्रसाद सुवेदीले चालू आर्थिक बर्षको प्रगती प्रतिबेदन पेश गरेको सभामा गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले न्यायिक समिति,योजना अनुगमन लगायत क्षेत्राधिकार भित्रका अन्य बिषयमा प्रतिबेदन पेश गर्दै गाउँपालिकाको काम चुस्त दुरुस्त छिटो छरितो र भर पर्दो बनाउन कर्मचारीहरुले बिशेष ध्यान पुर्याउनु पर्ने धारणा राख्नु भयो।सभामा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सभा सदस्यहरुले उठाएको प्रश्न को जवाफ दिदै गाउँपालिकाको बिकास र समृद्धिमा निरन्तर लागिरहेको र गाउँपालिकाको केन्द्र सम्म पक्की सडक बनाउने, मध्यमार्गी सडक र वडाको केन्द्र जोड्ने सडक स्तरोन्नती गरि बाह्रै महिना सन्चाल्ने गर्ने,सबै वडाहरुमा बिद्धुतिकरण गर्ने काम केही समयमै सम्पन्न हुने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्वाधारको काम अन्तिम चरणमा पुगेको र आगामी दिनमा शैक्षिक गुनस्तर र जनस्वास्थ्य सङ्ग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान पुर्याइने प्रतिबद्धता व्यक्त गर्दै नवौ गाउँसभा बैठक अन्त्य भएको जानकारी गराउनु भयो।

आर्थिक वर्ष: