FAQs Complain Problems

उमाकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य निर्बाचन २०७९ को सपथ ग्रहण तथा निर्बाचन अधिकृतको कार्यालयका कर्मचारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न !!

 स्थानीय तह कार्यपालिका  सदस्य  निर्वाचन  २०७९ को निर्वाचन पश्चात निर्वाचित कार्यपालिका सदस्यहरुलाई

निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत श्री योगेन्द्र प्रसाद ढुङ्गेल बाट प्रमाणपत्र वितरण सम्पन्न भए लगतै गाउँपालिका

अध्यक्ष श्री शेर बहादुर सुनुवारले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो  |  उक्त कार्यक्रममा नव - निर्बाचित कार्यपालिका

सदस्यको तर्फबाट निर्बाचित कार्यपालिका सदस्य श्री हेमन्त कुमार सुनुवार र वडा अध्यक्षको तर्फबाट वडा न ७ का  वडा अध्यक्ष  श्री रुद्र मणि नेवारले

सपथ   ग्रहणमा भएका शब्दहरुलाई अक्षरंश पालना गरि  जन सेवामा  लाग्ने प्रतिबद्दता   दिनुभयो |

        गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दिल कृष्ण श्रेष्ठले नव - निर्बाचित कार्यपालिका सदस्यलाइ शुभकामना दिदै आगामी दिनमा कर्मचारीको तर्फबाट 

गाउँकार्यपालिका  तथा गाउँसभाबाट जारी गरिएका निर्णय कार्यन्वयनमा  प्रतिबद्दता जाहेर गर्नु भयो | उक्त कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष श्री सावित्री सुनुवारले 

नव - निर्बाचित कार्यपालिका सदस्यलाई शुभकामना दिदै समग्र उमाकुण्डको विकासको लागि एकजुट भएर अगाडी बढ्ने प्रतिबद्दता गराउनु भयो  |

          उमाकुण्ड गाउँपालिका निर्बाचन अधिकृतको कार्यालयका निर्बाचन अधिकृत श्री योगेन्द्र प्रसाद ढुंगेलले समग्र निर्बाचनको बिषयमा आफ्नो धारणा राख्दै निर्बाचन सम्पन्न गराउन सहयोग 

गर्ने सम्पूर्ण राजनीतिक दल ,कर्मचारी तथा सुरक्षाकर्मीलाई  धन्यवाद ज्ञापन गर्नु भयो |

      उक्त कार्यक्रममा उमाकुण्ड गाउँपालिका निर्बाचन अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारी  तथा सुरक्षाकर्मीलाई गाउँपालिकाको तर्फबाट यस गाउँपालिकामा विवादरहित सभ्य र भब्य तरिकाले 

चुनाव सम्पन्न गराएकोमा  गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष ,वडाअध्यक्ष ,तथा सम्पूर्ण जनप्रतिनिधि  र कर्मचारीद्वारा सम्मान गरिएको थियो |

        स्थानिय तह कार्यपालिका कार्यपालिका सदस्य  निर्वाचन  २०७९ मा निर्बाचित कार्यपालिका सदस्यको सपथ ग्रहण कार्यक्रममा सभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष श्री शेर बहादुर सुनुवारले 

यस गाउँपालिकामा विवादरहित सभ्य र भब्य तरिकाले चुनाव सम्पन्न गराएको निर्बाचन अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारी  तथा सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गर्नु भयो |

साथै सम्पूर्ण नव- निर्बाचित जनप्रतिनिधि ,कर्मचारीहरुलाइ  जनताको सेवा तथा समग्र उमाकुण्ड गाउँपालिकाको विकासको लागि यस आपसमा समन्वय र सहकार्य गरि अगाडी बढ्न अनुरोध गर्नुभयो |

 

 

आर्थिक वर्ष: