रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिकाहो। जम्मा सात ओटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७६०१ रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ प्रिती को च्यादलुमा रहेको छ ।