FAQs Complain Problems

Covid -19 अस्थायी अस्पताल उद्घाटन !!!!!!!!!!!!!!

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाको केन्द्र रहेको स्थान उमाकुण्ड ४ प्रितिमा कोभिड १९ अस्थाई अस्पतालको उद्धघाटन गर्नु भएको छ  । असोज १९ गते आयोजना गरेको कार्यक्रममा अध्यक्ष सुनुवारले अस्पतालको उद्धघाटन गर्नु भएको हो । उद्धघाटन कार्यक्रममा छोटो मन्तव्य राख्नु हुँदै अध्यक्ष सुनुवारले हामी सवै मिलेर कोरोना संक्रमणलाई जित्नु पर्ने धाराना राख्नु भयो । साथै यस्तो दुर्गम ठाउँमा पनि सेवा गर्न तैयार भई सेवाको निम्ति हाजिर हुने डाक्टर लगाएतको स्वास्थ्य कर्मिहरु प्रति पनि आभार व्यक्त गर्नु भयो । कार्यक्रममा गापा उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुमार पैकरा र अस्पतालको डा.पेमा देचेन गुरुङको समेत सहभागीता रहेको थियो ।

आर्थिक वर्ष: