ताजा समाचार
बैंक खाता खोलि IEMIS मा प्रविस्टि गर्ने सम्बन्धमा !!!!!!!!!!!!!!!!
प्रस्तुत विषयमा पिएमटी फारामबाट विपन्न विद्यार्थीहरुको पहिचान गरी कक्षा ९ देखि १२ का विद्यार्थीहरुलाई लक्षित छात्रवृत्ति वितरण गर्ने प्रयोजनका लागि शैक्षिक सत्र २०७६।०७७ मा कक्षा ८ र १० का सामुदाियक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुका लागि अनलाइन दरखास्त आहवान भएको व्यहोरा सर्वविदितै छ । सो को आधारमा छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको सूची प्रकाशन गरिएकोले सो सूचीमा छनोट भएकोमध्ये हाल कक्षा ९ मा अध्ययनरत् र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको (भर्ना भएको विषय सहित खुल्ने गरी) बैंक खाता सहितको विवरण (IEMIS) मा भएको विद्यार्थीको विवरण नाम, थर आदि र बैंक खाता खोल्दा फरक नपर्ने गरी) विद्यालयहरुले छनोट भएका विद्यार्थीहरुलाई ‘क’ वर्गको बैंकमा मिति २०७७।०६।३० भित्र खाता खोल्न लगाउने र सो को विवरण छात्रवृत्तिका लागि आवेदन गरेको विद्यालयबाट तपसिलको ढाँचामा अंग्रेजी अक्षरमा टाइप गरी अनिवार्य रुपमा मिति २०७७।०६।१० देखि २०७७।०७।३० गतेभित्र iemis.doe.gov.np मा प्रविष्टि गराउनुहुन अनुरोध छ । साथै विद्यार्थीहरुको कबुलियतनामा समेत IEMIS मा प्रविष्टि गरी सो को हार्डकपी शिक्षा विकास तथा समन्वय इकाई रामेछापमा पठाउनु हुन अनुरोध गरिन्छ ।