FAQs Complain Problems

श्रब्य दृश्य सामग्री मार्फत शिक्षण सिकाई हुने समय तालिका

कोभिड–१९ को सङ्क्रमणका कारण देश भरका सबै विद्यालयहरूको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार यस केन्द्रद्वारा पाठ्यक्रम र पाठ्य पुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू २०७७।०३।०१ गतेदेखि २०७७।०३।३१ गतेसम्म कक्षा १–८ का विषयगत पाठहरू नेपाल टेलिभिजनको NTV+ च्यानलबाट र कक्षा ९ र १० का विषयगत पाठहरू Dish Media Network Ltd. को Dishhome, NITV Streamz Pvt. Ltd. को NET TV र Mega Max TV Pvt Ltd. को Max TV को विद्यालय शिक्षा (School Education) च्यानलबाट प्रसारण व्यवस्था हुने भएकाले यसरी प्रसारित पाठहरूबाट विद्यार्थीहरुले फाइदा लिन सक्ने वातावरण बनाई दिनुहुन अनुरोध छ । त्यसैगरी सबै विद्यार्थी भाइ बहिनीहरूले आफ्नो अनुकूलता अनुसार उक्त च्यानलहरू हेरी लाभ लिनुहुन अनुरोध गरिन्छ । साथै प्रसारण समय तालिका यसैसाथ संलग्न छ ।

आर्थिक वर्ष: